दाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्री र चालक घाइते भएका छन् । बिजौरीदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प २०७५ नम्बरको मोटरसाइकलले पर्सेनीमा पैदलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
ठक्कर दिने मोटर साईकल चालक र पैदल यात्री गम्भिर घाइते भएका छन् ।
घाइते पैदल यात्री तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला निवासी ६० वर्षिय बुद्धिराम विक र मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ७ धनौरी निवासी २५ वर्षिय राम कुमार घर्ती घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँके रिफ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पर्सेनीले नियन्त्रणमा लिएको छ ।