२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

दाङका १४ जना सहित थप २८८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा दाङका १४ जना सहित थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये दाङमा १४, काठमाडौं ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ ।

तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपाल प्रवेश विन्दुमा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ ।
कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २१८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको हो ।