२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

बिनानिष्कर्ष सकियो देउवा निवासमा बसेको तीन दलको बैठक

आज दिउँसो देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलीय बैठक बिनानिष्कर्ष सकिएको छ। करिब आधा घण्टा बसेको बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी थिए।

बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले आफ्नो पार्टीभित्र छलफल गर्न समय मागेकाले बैठक चाँडै सकिएको प्रतिक्रिया दिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने श्रेष्ठले बताए।

‘जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेको छैन भन्नुभएको छ। जसपाको बैठक गरी निर्णय गर्न समय माग गर्नुभएको छ। अर्को बैठक बस्ने गरी सहमतिपूर्वक बैठक टुंगिएको छ।’ श्रेष्ठका अनुसार अब छिट्टै अर्को बैठक बस्नेछ।