२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

पुनर्नियुक्ति पाएका चार मन्त्रीको राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका चार मन्त्रीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूले यसअघिकै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति, साहले सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।