२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

केही दिनमै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै दाहालले जनतालाई दुः ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए।

‘केही दिनभित्रै कालो बादल हट्छ,’ दाहालले भने, ‘यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौं।’

दाहालले देशलाई अप्राकृतिक रुपमा विखण्डित गर्ने प्रयास राष्ट्र र जनताकै लागि निकै पीडा भएको बताए।