२०८१ असार २९ गते शुक्रवार
२०८१ असार २९ गते शुक्रवार

देउवाको नेतृत्वमा सरकार बन्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका सभापति शेर वहादुर कोइरालाको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुंगो लाग्ने उनको भनाइ थियो। उनले थपे, ‘जसपासँग छलफल भइरहेको छ। उहाँहरू पनि आन्तरिक छलफलमा हुनुहुन्छ।’जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने  उनले बताए।

फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए।
उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन।’रासस