शान्तिनगर गाउँपालिका वडा नं. १ नयाँबस्तीमा एक दिने मकै ब्लक तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र घोराही र दिप सहकारी संस्थाको संयुक्त आयोजनामा एक दिने मकै ब्लक तालिम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन वडा नं. १ का वडा अध्यक्ष जंग वहादुर पुनले गरेका थिए । वडा भित्रका विभिन्न टोलका महिला पुरुष गरी ४० जनाको सहभागीता रहेको थियो । सो तालिममा शान्तिनग गाउँपालिका कृषि अधिकृत पवन वली र प्राविधिक केशव केसीले प्रशिक्षण दिएका थिए ।