नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति बेला जिल्ला भ्रमणमा छन्।
गृहनगर चितवन पुगेका उनको जनतासँग भेटघाट गरेको र सँगै भात खाएको तस्बिरहरु सार्वजनिक भएका छन्।
जहाँ प्रचण्डले घरदैलो गर्नेक्रममा आफ्ना कार्यकर्ताको घरमा खाना खाएको देखिन्छ। छोरी गंगा दाहालले सार्वजनिक गरेका तस्बिरमा प्रचण्डले बालिकालाई बोकेको पनि देखिन्छ।