नेपाल पत्रकार महासंघ दाङको निर्बाचनमा प्रेस संगठन नेपाल दाङले प्रेस युनियनबाट संस्थागतरुपमै घात र धोका दिएको आरोप लगाएपछि तत्काल उक्त आरोप फिर्ता लिन युनियनले माग गरेको छ ।
नेपाल प्रेस यूनियन दाङले एक प्रेस विज्ञप्ति जारी गरी सहकार्य गरेको अर्को संगठनसंग निर्बाचनको कुनै समिक्षा नगरि एकलौटिरुपमा युनियनलाई चुनाबमा घात गरेको आरोप लगाएर आफ्नो कमजोरि ढाकछोप गर्न गरिएको कदमको रुपमा लिएको नेपाल प्रेस युनियन दाङले जनाएको छ ।
नेपाल प्रेस युनिय दाङका अध्यक्ष सन्तोष सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तिमा हतारमा बिश्लेषण नै नगरेर एकतर्फि आरोप लगाउने कुरालाइ गम्भिररुपमा लिदै अन्तरघातको बारेमा संयुक्त छानबिन समिती बनाउन अनुरोध गरिएको छ ।
गठबन्धनबाट अध्यक्ष, सहसचिबसहित युनियनकै पुर्ब अध्यक्षले पराजय बेहोरेकोमा दुख ब्यक्त गरिएको छ ।