२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

थप ५ सय ५९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

नेपालमा काेराेना संक्रमण दर निरन्तर उकालो लाग्न थालेको छ। पछिल्लो २४ घन्टामा देशभर ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ३ सय ७८ जनाको पिसिआर र ७ सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ९६ जनाकाे पिसिआर पोजेटिभ र ६३ जनाको एन्टिजेन पाेजेटिभ देखिएको हो।
एकैदिन १३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। यस्तै १ सय ३८ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
देशभर ३ हजार ३ सय ६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।