२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

अति विपन्न अपाङगता व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

अपाङगता शसक्तिकरण केन्द्र नेपालले शान्तिनगर ५,६ र ७ का अति विपन्न अपाङगता भएका व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । अपाङगता शसक्तिकरण केन्द्र नेपालले धनौरी स्वास्थ्य चौकीमा आज एक कार्यक्रमका विच १९ बोरा चामल र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

अपाङगता शसक्तिकरण केन्द्र नेपाल अध्यक्ष रजनी शाहको अध्यक्षता एवं शान्तिनगर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रवि बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बुढाथोकी अपाङगता शसक्तिकरण केन्द्र नेपालले अपाङगता भएका व्यक्तिका लागि हरेक सुख दुखमा साथ र हकहितका लागि काम गरेको भन्दै प्रशंसा गर्नुभयो । आगामी अपाङगता भएका व्यक्ति लागि वडा विभिन्न किसिमका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा धनौरी स्वास्थ्य चौकीका प्रमुख राजकुमार न्यौपाने, धनौरी स्वास्थ्य चौकीका मोहन रावत, आधारभूत विद्यालय सुण्डबरीका प्रधानाध्यापक सुरेश शर्मा लगायतले अपाङगता भएका व्यक्तिका लागि उदाहरणिय काम गरेको बताएका थिए । अपाङगता भएका व्यक्तिको हकहित तथा अधिकारको लागि अझ काम गर्दै अगाडि बढ्न शुभकामना दिएका थिए । संस्था उपाध्यक्ष गुरु प्रसाद लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सह–सचिव बसन्ती वलीले गर्नुभएको थियो ।