२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

मापसे गरी कार्यालय गएका मालपोत प्रमुख खड्का पक्राउ

मादक पदार्थ सेवन (मापसे) गरी कार्यालय गएका मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो मादक पदार्थ सेवन गरी कार्यालय गएका उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको हो।

मादक पदार्थ सेवन गरी कार्यालय आएको र सेवाग्राहीको कामकाज बेवास्ता गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। सोही क्रममा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान दिएको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए। प्रहरीले स्थानीय प्रशासन ऐन २०२८ को अनुसार खड्कामाथि कारबाही सुरु गरिएको प्रहरी निरीक्षक शाहीले बताए।

उक्त ऐनअनुसार मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा अशान्ति मच्चाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ। खड्का यसअघि पनि पटकपटक यही कसुरमा पक्राउ परी एक हजार जरीवाना तिरेर छुटेका थिए।