२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा बाँकेबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चक्रबहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।