२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

खोलामा डुबेर दुई बालकको मृत्यु

सांकेतिक तस्वीर ।

गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ।
मदाने गाउँपालिका–१ अग्लुङका पाँच वर्षका सुमन बिक र प्यूठान गौमुखी गाउँपालिका–५ खुँगका आठ वर्षका गोविन्द बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए।

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा उनीहरुको डुबेर ज्यान गएको हो। प्यूठान गौमुखी गाउँपालिका–५ खुँगकी बिष्णु विक छोरा गोविन्दसहित सोमबार मात्रै माइत सिर्सेनी आएकी थिइन्।