२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

नहरमा पौडी खेल्ने गएका दुई किशोरको डुबेर मृत्यु

सांकेतिक तस्वीर ।

सुनसरीको इटहरी १४ को नर्भासा नहरमा पौडी खेल्ने गएका दुई किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी(७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी छन्। मंगलबार साँझ ६ बजे नहरमा पौडी खेल्ने क्रममा दुबै जना डुबेर बेपत्ता भएका थिए।

उनीहरूलाई स्थानीय र प्रहरीले फेला पारेर उपचारका लागि पठाएका थिए। दुबैलाई उपचारको लागि धरानस्थित बिपी प्रतिष्ठानमा लगिएकोमा उपचारको क्रममा भूर्तेलको राति ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।