२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

मोटरसाइकल दुर्घटनामा परी पत्रकार पौडेलको निधन

मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा परेर कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको निधन भएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मा उनी चढेको लु ५८६ प ६४४१ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा पत्रकार पौडेलको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए ।

४५ वर्षीय पौडेल बुद्ध आवाज साप्ताहिकका प्रधान सम्पादक थिए । पत्रिकाको सेटिङ्ग गरेर बुद्धभूमि ४ स्थित घर फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनी बुटवलबाट प्रकाशित मेचीकाली दैनिकका सम्वाददाता र इन्सेकका कपिलवस्तु प्रतिनिधि समेत थिए ।