२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

छोराको कुटाईबाट वृद्धको बुवाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको बुवाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा छोरा अजयले कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो ।

कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । चैत २९ गते पनि छोराको कुटाइबाट विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको थियो । शनिबार राति विवादका क्रममा माइलो छोरो रविले धकेल्दा विकोको घाँटीमा बासको भाटाले छेडेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।