२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

दाङमा निर्माण गरिएको साईको किलर चलचित्रको ट्रेलर रिलिज

नयाँबर्ष २०७८ को अवसरमा आज दाङमा निर्माण गरिइएको साईको किलर नामक चलचित्रको ट्रेलर रिलिज गरिएको छ । स्मार्ट फिल्मस् स्टुडियो युटुव च्यानलबाट रिलिज गरिएको छ ।

नेपालमा पछिल्लो समयमा बढ्दो बलात्कारको घटनालाई समेटिएर सचेतनामुलक चलचित्र निर्माण गरिएको चलचित्रका निर्देश अभिशेष मल्लले जानकारी दिए । किशोरीमाथि हुदै गएको बलात्कार र बलात्करपछि हत्याको कथामा आधारित रहेको चलचित्र निर्माण गरिएको निर्देशक मल्ल बताउछन् ।

नेपालमा निर्मला पन्त, भगिरथी भट्ट जस्ता किशोरीहरुमाथि बलात्करपछि हत्या गरिएको घटना अझै ताजै छन् । चलचित्रको फष्ट लुक केहि दिन अघि सार्वजनिक गरिएको थियो । आज चलचित्रको ट्रेलर रिलिज गरिएको हो । मिडिया पार्टनरमा छहरा अनलाइन रहेको छ ।