२०८० साउन १० गते बुधवार
२०८० साउन १० गते बुधवार

गुल्मी जिप दुर्घटना अपडेट : मृतक संख्या पाँच पुग्यो

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेहरुमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने , कम्प्युटर अपरेटर  सूर्य पन्थी ,मुद्दा शाखाका ईश्वरी भण्डारी,  खरिदार यमलाल पन्थी ,चालक केशव कार्कीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।  घाइते ११ जनामध्ये सन्दीप परियार र सार्थक ज्ञवालीको अवस्था गम्भीर रहेको पाण्डेले  बताए। अन्य घाइतेमा सुनिता कँडेल ,बसन्ती पौडेल, निकिता पौडेल, गीता मुखिया, अनिष मुखिया, तारा भण्डारी, आशीष भण्डारी, दिलबहादुर थापा ,र कमला रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु१ज १६५५ नम्बरको  जिप स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना  भएको थियो। जिप सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो। जिपमा  प्रशासन कार्यालयका ९ जना कर्मचारी र उनका परिवारसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।