२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङका पत्रकार प्रियासन राष्टपतिबाट बिभुषित


नयाँ वर्ष २०७८ को अवसरमा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकार राष्टपतिबाट बिभुषित हुनु भएको छ।
प्रियासन रास्ट्रपतिबाट विभुषित हुने दाङको पहिलो पत्रकार बन्नुभएको छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गरिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक तथा सम्पादक हुनुहुन्छ ।

प्रियासन उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् ।