२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

सल्यानको कुपिण्डे तालमा डुङगा डुब्यो

सल्यानको कुपिण्डे तालमा डुङगा डुबेको छ । आज मध्याह्न साढे १२ बजेतिर ७ जना सवार काठको डुंगा तालको बीच भागमा पुगेरडुबेको हो । डुंगामा सवार यात्रुले लाइफ ज्याकेट लगाएकोले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । काठले बनेको पुरानो डुंगा भएकोले भित्र पानी पस्दा डुंगा डुबेको बताइएको छ । डुंगा डुबेपछि यात्रुहरु लाइफ ज्याकेटको कारण पानीमा डुब्नबाट जोगिएका हुन् । नयाँ वर्षको दिन भएकाले आज कुपिण्डे तालमा मान्छेहरुको अत्याधिक भीड रहेको थियो । तालमा मान्छेको धेरै भीड हुँदा समेत सुरक्षाकर्मी परिचालन गरिएको छैन् ।