२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

एक युवकको शव फेला

 

 

प्रतिकात्मक तस्वीर ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकजना युवकको शव फेला परेको छ ।
वीरेन्द्रनगर नगरपालिका – ८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका(६, घर भई हाल वीरेन्द्रनगर – १२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको हो ।
शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले बताए ।