२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

सवारी दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका दुई कर्मचारीको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धान विभाग, बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा विभागका सूचक (हवल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

बाराको पिप्लेस्थित बालगङ्गा पुलनजिक मोटरसाइकल अनियन्त्रित हुँदा गएराति दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार झाको घटनास्थलमै र चित्रकारको वीरगञ्‍जस्थित नारायणी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।