धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा चितवनको भरपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालागि दाङ हापुरेका व्यवसायी खड्का परिवारले सहयोग गरेका छन् ।
हापुरेका व्यवसायी खुम बहादुर खड्का र उनकी धर्मपत्नी हिरा खड्काको परिवारले चितवनमै गएर सहयोग गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुगोस् भन्ने उद्येश्य थोरै भएपनि सक्दो सहयोग गरेको खड्काले बताएको छ ।
खुम बहादुर खड्का हापुरेका प्रतिष्ठित व्यवसायी हुन् । बबई चेम्बर्स अफ कसर्मका बरिष्ठ सदस्य रहेका छन् ।