दाङमा कोरोना भाइसर संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ५५ बर्षीय महिलाको मृत्यु भएको हो ।
उनको पौने ४ बजे तिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए ।