२०८१ असार २९ गते शुक्रवार
२०८१ असार २९ गते शुक्रवार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

फाइल तस्वीर ।

हात्तीले आक्रमण गर्दा एकजना व्यक्तिको मृत्यु भएको छ । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका – १ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृत्यु भएको हो ।
कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई बिहान ३ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।