२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

भेरी अस्पतालमा सुर्खेतका एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर ।भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सुर्खेतका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनको शुक्रबार बिहान ७ः ३५ मा मृत्यु भएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो।

 

एक साताअघि मात्र भारतबाट फर्किएका ती युवकलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनी गत चैत ३१ मा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए।