शान्तिनगर ५ मा दलित, आदिवासी, अपाङग, महिला लक्षित ३ दिने शसक्तिकरण तालिम सुरु भएको छ । दलित सिप विकास एवं उत्थान केन्द्रको आयोजना तथा शान्तिनगर ५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको ३ दिने शसक्तिकरण तालिमको आज एक कार्यक्रमका विच उदघाटन गरिएको छ ।
दलित सिप विकास एवं उत्थान केन्द्रका अध्यक्ष राधिका परियारको अध्यक्षतामा भएको कार्यक्रमलाई शान्तिनगर ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले उदघाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष बस्नेतले भौतिक विकासले मात्र समाज अगाडि बढ्न नसक्ने र मानविय विकास हुन आवश्यक रहेको बताए । वडामा विभिन्न किसिमका विकास काम गर्दै आएको र दलित, आदिवासी, अपाङग तथा महिला जस्ता लक्षित वर्गको उत्थानका लागि सचेतना जगाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा सचिव रोमहर्ष केसी, गाउँ कार्यपालिका सदस्य लक्ष्मण प्यारी चौधरी, छहरा अनलाइनका प्रधान सम्पादक प्रेम पुन, सुवास स्मृति सहकारी संस्थाका अध्यक्ष रिता बटाला, पनेसुवा सामुदायिक वनका अध्यक्ष लक्ष्मी अधिकारी लगायले बोलेका थिए ।
छपि परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सन्तोष चनाराले गरेका थिए । ३ दिन सम्म सञ्चालन हुने तालिममा पुरुष महिला गरी ४० जनाको सहभागिता रहेको छ । विषयगत प्रशिक्षकबाट प्रशिक्षण दिइने छ भने आजको प्रशिक्षण्कमा दलित अगुवा छपि परियार रहेका थिए ।