२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

शान्तिनगरको दुविचौरमा भव्य रुपमा कम्युनिष्ट पार्टि स्थापना दिवस मनाईने

कम्युनिष्ट पार्टि स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्र शान्तिनगरले भव्य रुपमा मनाउने भएको छ । नेकपा माओवादी केन्द्र शान्तिनगरको हालै सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र शान्तिनगरका पार्टि प्रमुख तथा सचिव गोविन्द भण्डारीको अध्यक्षता एवं । नेकपा माओवादी केन्द्र प्रदेशका सदस्य भिम वहादुर वलीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले यहि बैशाख ९ गते कम्युनिष्ट पार्टि स्थापनाको दिन शान्तिनगर गाउँपालिका वडा नं. ७ दुविचौरमा सभा तथा सास्कृति कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
सो अवसरमा कम्युनिष्ट तथा गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने जेष्ठ कम्युनिष्ट सदस्यहरु, पूर्वजनमुक्ति सेनाहरु, सहिद परिवारहरु, घाइते अपाङगहरु, राजनितिक जेलजिवन विताएका योद्धाहरुलाई सम्मानित गरिने भण्डारीले जानकारी दिनुभयो । उक्त सभा तथा सास्कृतिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेताहरु आउने कार्यक्रम रहेको छ ।