२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

अपाङगताकालागि तुलसीपुरमा फिजियो थेरापी सञ्चालन हुने

अपाङता भएका ब्यक्तिहरुका लागि तुलसीपुरमा फिजियो थेरापी सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका को आर्थिक सहयोगमा फिजियो थेरापी सचालन हुने उक्त सेवा सञ्चालन तथा ब्यबस्थापनको जिम्मेवारी पाएको अपाङ समाज सुधार केन्द्र तुलसीपुरले जनाएको हो ।

आज शनिबार केन्द्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हुमकान्त कडेलले उपमहानगरपालिका का बाट फिजियो थेरापी सचालनका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने र सेवा सन्चालन अपाङ समाज सुधार केन्द्रको कार्यालय भवनमा गर्ने सम्झदारी भएको केन्द्रका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार १ जना फिजियो थेरापी चिकित्सक र २ जना सहयोग सेवामा सङ्लग्न हुनेछ्न । पत्रकार सम्मेलनमा मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति एवम पत्रकार सुशील बस्नेतले नसा सम्बन्धि समस्याबाट बढी पीडित अपाङता भएका ब्यक्तिले राम्रो सेवा पाउने अपेक्षा गर्नुभयो ।

त्यस्तै , पत्रकार दिपक बोहोरा, लक्षमण बिश्व्कर्मा, आशिष के सी लगायतले प्रभाबकारी सेवा र निरंतरताको बारेमा चासो लिनुभको थियो । कार्यक्रमको सहजीकरण महासचिव दोलख बहादुर खत्रीले गर्नुभएको थियो ।