सांकेतिक तस्बिर ।
दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
आज विहान मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।कोरोना पुष्टि भएपश्चात भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै शनिबार बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको हो ।