२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

ओली सरकारको पतन शुरु भयो : नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन शुरु भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत कर्णालीबाट देखिएको उनले बताए । नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको दाबी गदै कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको र संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागिपरेको आरोपसमेत लगाए । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता समेत नहुने उनले जिकिर गरे । ओलीले सत्ताको आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने पनि उनले बताए ।

 

अर्को प्रसंगमा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने व्यक्ति आउन आवश्यक रहेको बताए । कसैलाई माया गरेर पार्टीका महत्वपूर्ण पद दिँदा कांग्रेस कमजोर भएको भन्दै उनले महाधिवेशनबाट क्षमतावान नेतृत्व चयन गर्न कार्यकर्तालाई आग्रहसमेत गरे ।