२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

पञ्चकुले चोकमा पिकअप दुर्घटना हुदा चालक सहित ३ जना घाइते

बबईको पञ्चकुले चोकमा पिकअप दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन् । गएराति करिब ९ बजे तिर रा १ च ९५७ नम्बर पिकअप दुर्घटना भएको हो ।

घाइते हुनेमा बबई ५ पुर्व हापुरेका चालक नारायन कार्की, बबरपुरका खडक वहादुर खड्का र रोल्पालीतराका नरेश वली घाइते भएको ईलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ । घाइतेको उपचार राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा भइरहेको छ।