२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

जन्मदिनमा दाङका एक युवाद्धारा रंगशाला निर्माणकालागि सहयोग

दाङका एक युवाले आफ्नो जन्मदिनको अवसरमा धुर्मुश सन्तुली फाउन्डेशनको समन्वयमा जनस्तरबाट चितवनको भरतपुरमा निर्मार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकालागि आर्थिक सहयोग गरेका छन् ।

दाङ बबई गाउँपालिका वडा नं. ३ लछमनापुर घर भई हाल कोरिया रहेका सोवर्णले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकालागि १० हजार आर्थिक सहयोग गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा नेपालको गौरव गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकालागि आर्थिक सहयोग गरेको वलीले बताउनुभयो ।