२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

हापुरे उद्योग वाणिज्य संघद्धारा प्रहरी निरिक्षक केसीको विदाई

हापुरे उद्योग वाणिज्य संघले सरुवा भई जान लाग्नु भएका ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसीलाई विदाई गरेको छ ।
पश्चिमदाङको शान्ति सुरक्षा कायम गर्न अब्बल मानिएका प्रहरी निरिक्षक मोहन विक्रम केसीलाई हापुरे उद्योग वाणिज्य संघले एक कार्यक्रमका विच विदाई गरेको हो । उद्योग वाणिज्य संघका उपाध्यक्ष हकुम वहादुर वली र सचिव मोहन बुढा क्षेत्री सहित विभिन्न राजनितिकदलका नेता, बुद्धिजिवि, समाजसेवीले विदाई गरेका थिए ।