सांकेतिक तस्बिर ।
तुलसीपुरकी कोरोना संक्रमित एक सुत्केरी महिलाको बाँकेको भेरी अस्पतालमा निधन भएको छ ।
तुलसीपुर ६ बस्ने २० बर्षिया एक महिलाको सोमवार विहान भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनलाई गएको चैत ३० गते कारोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनु भएको छ ।
उनको अढाई महिने नवजात शिशु रहेको छ । सासु आमा र भाईलाई पनि कोरोना संक्रमण देखीएको छ । भाईलाई कोरोना विशेष अस्पताल बेलझुण्डि र माईत तर्फको आमाको भेरी अस्पतालमा भर्ना भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो ।