२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

तुलसीपुरमा बैकल्पिक माध्यमबाट पढाई सुरु हुने

कोरोना संक्रमण बढ्दै तुलसीपुर उपमहानगरपालिका भित्र अब देखी बैकल्पिक माध्यमबाट पढाई सुरु हुने भएको छ । बढ्दो कोरोना माहामारीलाई मध्यनजर गदै पठनपाठनको माध्यम परिवर्तन गरिएको छ । कोरोना जोखिम बढेपछि बैकल्पिक विधिबाट बैशाख महिनाभरी पठनपाठन सन्चालन गर्ने निर्णय भएको सुचना अधिकारी बावुराम न्यौपानेले जानकारी दिनुभयो ।

पछिल्नो समय सुरु भएको कोरोना संक्रमण विद्यार्थीहरुमा समेत देखा पर्न थालेपछि सरकारले अति प्रभावित जिल्लाका विद्यालयहरु बन्द गर्न भनेको छ । सोहि अनुसार तुलसीपुर उपमहानगरपालिकाले हाललाई बैकल्पिक शिक्षा मार्फत पठनपाठन सन्चालन गर्न निर्देशन दिएको छ ।