२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

भारतमा एकैदिन २ लाख ५६ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।
यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको ज्यान गएको छ ।

योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको छ । आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको हो ।