पश्चिदाङको बबई गाउँपालिका वडा नं.७ चरकमटियामा फुटबल प्रतियोगिता हुने भएको छ । चरकमटियामा फुटबल प्रतियोगिता हुने भएको छ । यहि बैशाख १५ गते देखि १८ गते फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको कार्यक्रम प्रचार प्रसार संयोजक आदेश केसीले जानकारी दिए ।
पश्चिमदाङका बबई, शान्तिनगर र दंगिशरणका खेलाडिलाई समेटिएर खेल सञ्चालन हुने केसीले बताए । तोकिएका तीन गाउँपालिका भन्दा बाहिरका ३ जना खेलाडिलाई मात्र खेलमा समावेश गराउन पाउने व्यवस्था मिलाईएको छ । प्रतियोतामा प्रथम विजेतलाई नगद ३० हजार तथा उचित पुरस्कार र द्धितिय विजेतलाई नगद १५ हजार र उचित पुरस्कार रहने छ ।
यस्तै विभिन्न विधामा उत्कृष्ट खेलाडि पनि नगद पुरस्कार र उचित पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छ । टिम दर्ता गर्ने अन्तिम मिति बैशाख १४ गते साझ ६ बजे सम्म तोकिएको छ भने टिमदर्ता शुल्क ४ हजार रहेको छ ।