२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

शान्तिनगरका विद्यालय १० गते सम्म बन्द हुने

 

शान्तिनगर गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय १० गते सम्म बन्द हुने भएका छन् । कोरोना महामारी संक्रमणका कारण विद्यालयमा जोखिम बढ्न थालेपछि सामुदायिक तथा संस्थागत विद्यालय १० गते सम्म बन्द गरिएको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्याकहरुको बैठकले १० गते सम्म गर्ने निर्णय आज शान्तिनगर गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । उक्त अवधिमा विद्यालय बन्द नगरी विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम बढेमा विद्यालय स्वयम जिम्मेवारी रहने शान्तिनगर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवन्त वहादुर डाँगीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।