नेपाली कांग्रेस लुम्विनी प्रदेशको संगठन विभाग संयोजकमा दाङका राजु खनाल मनोनयन भएका छन् । नेपाली कांग्रेस केन्द्रिय संगठन विभागले ७ वटै प्रदेशमा संयोजक मनोनयन गरेको छ । लुम्विनी प्रदेशको संगठन बिभाग संयोजकमा नेता खनाल मनोनयन भएका हुन् । नेपाली कांग्रेस दाङका युवा नेता खनाल संविधान सभाका सदस्य हुन ।