२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

आगलागी हुँदा एक वर्षकी बालिकाको मृत्यु,आमा गम्भिर घाइते

दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको मृत्यु भएको छ भने आमा गम्भिर घाइते भएकी छिन् ।राप्ती गाउँपालिका – ५ कालापानीमा गएराति आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।