२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

पश्चिमदाङमा फोर्स गाडिले मोटरसाइकललाई ठक्कर दिदा बालक सहित ३ जना घाइते

तस्वीर : झुपु क्षेत्री

पश्चिमदाङमा फोर्स गाडिले मोटरसाइकललाई ठक्कर दिदा बालक सहित ३ जना घाइते भएका छन् ।
बबईको सितापुर देखि तुलसीपुर जादै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकललाई तुलसीपुर देखि पश्चिम आउँदै गरेको रा १ ज १००२ नम्बरको फोर्स गाडिले बबई ६ पञ्चकुलेको फोर्टि नाइन चोकमा ठक्कर दिएको हो । ठक्कर दिदा मोटर साईकल चालक तुलसीपुर ६ मोतिपुरका ३९ बर्षिय सुविध आर्चाय, पछाडि बसेकी ३१ बर्षिया पार्वता आचार्य र उनका छोरा ७ बर्षीय स्पर्स आचार्य घाइते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसीले जानकारी दिनुभयो ।

घाइतेमध्ये ७ बर्षीय स्पर्स आचार्यको अवस्था गम्भिर रहेको छ । घाइतेहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । गाडि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।