पश्चिम दाङमा फोर्स गाडि (हाइस) ले मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका ७ बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निबासी ७ बर्षका बालक स्पर्श आचार्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनका घाइते बुवा सुदिप आचार्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र आमा पार्वता आचार्यको घोराहीमा उपचार भइरहेको छ । चैते दशै मानेर ससुराली पश्चिम दाङको सितापुरबाट तुलसीपुर आउँदै गरेको आचार्य परिवार सवार रा ५ प ५६०४ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे १ ज १००२ नम्बरको फोर्स गाडि (हाइस) ले बबई गाउँपालिका–६ पञ्चकुलेको फोर्टि नाइन चोकमा ठक्कर दिएको थियो।