२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु

दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

टाइफाइडबाट विरामी परी उपचाररत अधिकारीको गत चैत २७ गते कोरोना पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनी घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए तर सुधार नभएपछि हेलिकप्टरबाट काठमाडौं उपचारका लागि लगिएको थियो । काठमाडौंमा उपचारको क्रममा उनको मंगलबार बेलुका ९: ३५ बजे निधन भएको हो ।