२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

पत्रकार अधिकारीकाे निधन प्रति नेपाल प्रेस युनियन दाङद्वारा दुःख व्यक्त

 

काेराेना संक्रमणबाट निधन भएका पत्रकार दामाेदर अधिकारी प्रति नेपाल प्रेस युनियन दाङले दुःख व्यक्त गरेको छ । नेपाल नेपाल प्रेस युनियन दाङका साधारण सदस्य तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य घोराही १७ बेलभार निवासी ४१ बर्षिय अधिकारीको काठमाण्डौमा उपचारकै क्रममा मंगलवार राति निधन भएको हो ।
नेपाल नेपाल प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्काले शोक बक्तव्य जारी गर्दै अधिकारीको निधनले संगठनमा अतुलनिय क्षति पुगेको उल्लेख गर्नु भएको छ । साथै उहाले कोरोना माहामारी तिव्र गतिमा फैलिएको भन्दै कोरोना सावधानी अपनाएर काम गर्न आम सन्चारकर्मीहरुमा अपिल गर्नु भएको छ । जारी बक्तव्यमा सन्चारमाध्यम सन्चालकहरुले श्रमजिवी पत्रकारहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह समेत गरिएको छ ।