२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

घाेराहीमा यात्रुवाहक बस दुर्घटना हुदा १० जना घाइते

दाङकाे घाेराहीमा यात्रुवाहक बस दुर्घटना हुदा १० जना घाइते भएका छन् । अाज विहान सवा ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ कपासेबगिया स्थित पोखराबाट तुलसीपुर तर्फ आउदै गरेको ग १ ख ९६३९ नम्बरको बस अनियन्त्रीत भैइ पल्टिदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घाइते मध्ये दुई जना बालक, चार जना महिला र चार जना पुरुष घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ निवासी २७ वर्षिय सपना विक, सोही ठाउँ निवासी ४ वर्षिय निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ निवासी १७ वर्षिय सर्मिला घर्ती, सल्यान त्रिवेणी गाउँपालिका ६ निवासी १७ वर्षिय रामप्रसाद कठायत, सोही ठाउँ निवासी ३४ वर्षिय हस्ती गिरी, ५ वर्षिय तेज बहादुर गिरी, त्रिवेणी गाउँपालिका ३ निवासी १८ वर्षिय चेतना रेउले, कपुरकोट नगरपालिका ७ निवासी ११ वर्षिय गणेश बोहरा, जिल्ला सुनसरी इटहरी नगरपालिका ८ निवासी ५२ वर्षिय दलबहादुर विश्वकर्मा र स्याङ्जा जिल्ला फेदी गाउँपालिका १ निवासी ४२ वर्षिय रामचन्द्र विक घाइते भएका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । साथै बसमा कति जना सवार थिए भन्ने एकिन विवरण आइनसकेको प्रहरीले बताएको छ ।