२०८० साउन १४ गते आइतवार
२०८० साउन १४ गते आइतवार

बाँकेमा थप १ जनाकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु

सांकेतिक तस्बिर ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

ती महिलाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि गएको ७ गते अस्पताल भर्ना भएकी थिइन् । ८ गते रिपोर्ट पोजेटिभ आयो । उनको ९ गते विहान २ बजे मृत्यु भएको हो।
यो सँगै बाँकेमा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ ।