२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

कोरोना संक्रमणबाट सल्यानमा एक जनाकाे मृत्यु

सांकेतिक तस्बिर ।

कोरोना भाइरस संक्रमण रहेको अवस्थामा सल्यानमा ८२ वर्षीय नेपाल प्रहरीका भूतपूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ।
शारदा नगरपालिका २ गैरागाउँका ८२ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ। उनका अनुसार मृतक खत्रीको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
एक हप्तादेखि बिरामी भएका उनको आज बिहीबार घरमै मृत्यु भएको स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए। उनका ४६ वर्षीय छोरालाई समेत पोजेटिभ देखिएको छ। घरका अन्य परिवारको परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए।
मृतकको शव नेपाली सेना, नेपाल प्रहरी र आफन्तको सहयोगमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सल्यानमा दुई हप्ताको बीचमा २५ जनामा कोरोना संक्रमण भइसकेको छ। संक्रमितमध्ये २ जना गम्भीर बिरामी रहेका र एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको कार्यालयले जनाएको छ।