२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

स्वास्थ्य सुरक्षाकाे मापदण्ड पुरा गरि व्यवसाय संचालन गर्न अाग्रह

काेराेना संक्रमण दैनिक बढ्दै गरेकाले स्वास्थ्य सुरक्षाकाे मापदण्ड पुरा गरि व्यवसाय संचालन गर्न बबई चेम्बर अफ कमर्सले व्यवसायीमा अपिल गरेकाे छ ।
बबई चेम्बर अफ कमर्सका अध्यक्ष युवराज कडेलकाे अध्यक्षतामा बसेकाे बैठकले कोभिड – १९ को दोस्रो चरण को माहामारीको ब्यबसायीहरुमा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै तुलसीपुर हापुरे सडक खण्ड भाडा सवारी साधनले महङ्गाे लिदै अाएकाले सम्वन्धित निकायसंग भाडादरका लागि समन्वय गर्ने निर्णय गरेकाे छ ।